टीकापुरमा वडा विभाजन विवादमा « Khabarhub

टीकापुरमा वडा विभाजन विवादमा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका वडा नं १ को वडा विभाजनका लागि राजनीतीक दलबीच भएको सहमती विवादमा तानिदै गएको छ ।

स्थानीय राजनीतिक दलले दुई दिन अघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि ६ वटा वडा बनाउने सहमती गरेका छन् ।

कूल ५ वडामा सहमती गरेका राजनीतिक दलले वनगाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमती फेरेका हुन् । यता ६ वडा बनाउने सहमती गरेपछि टीकापुरका सबै पार्टीका युवाहरुले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।

एमाले नेता श्याम खत्री सबैका आ–आफ्नै समस्या, स्वार्थ, माग र बुझाइका कारण राजनीतिक दल निर्णय बदल्न वाध्य भएको बताए ।

नेता खत्रीले भने, ‘नगरपालिकामा कुनै पनि दलको बहुमत छैन, हामी राजनीतिक दललाई सहमती गरिदिन आग्रह गरियो । शुरुमा ५ वडामा सहमती दियौँ, फेरि विवाद भयो । बिहीबार आफ्नै निर्णय बदलेर ६ वडा बनाउने सहमती गर्‍यौ तर विवाद सकिएको छैन । यहाँ सबैका स्वार्थ रहेकाले समस्या भएको छ ।’

नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी भने वडा विभाजन जस्तो गम्भीर विषयमा आन्तरिक पार्टी र अन्तरपार्टीबीच वृहत छलफल हुनुपर्ने भए पनि छलफल विना निर्णय गर्दा द्वन्द्व सिर्जना हुने सङ्केत देखिएको बताउँछन् ।

‘वडा नं. १ ठूलो वडा हो । विकास निर्माण, सेवा प्रवाहमा समस्या छ । वडा विभाजन आवश्यक र गम्भीर विषय हो’, अधिकारीले भने, ‘वृहत छलफल विना निर्णय गरेकाले राजनीतिक दलको निर्णय टिक्न नसकेको हो । छलफलबाट गएको भए द्वन्द्व सिर्जना हुने अवस्था आउने थिएन ।’

वनगाउँका बडघर जीतबहादुर चौधरी भने ६ वडा बनाउने सहमतीलाई स्वागतयोग्य भन्दै सवैले समान रुपमा सेवा सुविधा पाउने बताउँछन् ।

‘हामीले माग गर्‍यौँ, राजनीतिक दलले सच्याएका छन्’, चौधरीले भने, ‘सबैले समान अवसर पाउने वातावरण बन्छ । ६ वडा कार्यान्वयन हुनुपर्छ ।’

राजनीतिक दलबीच सहमती भए पनि शुक्रबार सबै दलमा आवद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले शनिबार बस्ने नगरसभामा यो निर्णय पारित हुन्छ या हुन्न केही भन्न सक्ने अवस्था छैन ।

यसअघि ९ वडामात्र रहेको टीकापुर नगरपालिका राजनीतिक दलले १५ वडा बनाउने सहमती दिएका छन् । राजनीतिक दलले वडा नं. १ लाई ६ र २ लाई २ वडामा विभाजन गर्ने सहमती दिएका छन् । वडा विभाजनमा सहमती हुन नसक्दा असार १० गते बसेको बैठक १६ गते बसे पनि सहमती हुन नसक्दा शनिबार १९ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ४१ बजे

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक