पक्की पुल बगाउँदा आवतजावत बन्द « Khabarhub

पक्की पुल बगाउँदा आवतजावत बन्द


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका-२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ ।

अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४मजदूर परिवारको बिचल्ली भएको छ ।सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताए ।

खोलामा ढुङ्गा झिक्ने, गिट्टी कुट्ने मजदूरहरु आग्राखोला किनारमा छाप्रो बनाई बस्ने गरेका थिए । अविरल वर्षासँगै खोलामा बाढी आएपछि उनीहरुको भागाभाग भएको थियो । उनीहरुलाई स्थानीयबासीको सहयोगमा खोला किनारबाट उद्दार गरी गाउँमा सारिएको थियो ।

तीन दिनदेखिको अविरल वर्षाले जिल्लामा जताततै पहिरो गएको प्रहरीले जनाएको छ । राजमार्गको गल्छी, बैरेनी, जरे, गजुरी, मलेखु, बेनीघाट, जोगिमारा तिकराङ तथा मौवाखोला क्षेत्रमा पहिराले सडकमा अवरोध पुर्‍याएको छ ।

सडकमाथि खनिएका सहायक मार्गहरुबाट आएको लेदोले कल्भर्टहरु भरिएर भल सडकमा आएपछि राजमार्ग क्षेत्र क्षतिग्रस्त भएको र सफा गर्ने काम पहिरो रोकिएपछि गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १२ : ५० बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख