कमला खोलामा बाढी आउँदा दुवै किनारका बाँध जोखिममा « Khabarhub

कमला खोलामा बाढी आउँदा दुवै किनारका बाँध जोखिममा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कमला नदीको दुवै तर्फको बाँध बाढीले कटान हुने जोखिम बढेको छ । शनिबार खोलामा पानीको सतह घट्दै गएपछि सिरहा र धनुषा तर्फको बाँध कटान हुने जोखिम बढेको हो ।

यसवर्ष धनुषातर्फको किरतपुर र ढोलबज्जा नजिक र सिरहाको बसपिट्टा र सारस्वर नजिकको बाँध कटान हुने जोखिम बढेको छ । बाढीले धनुषा तर्फको करिब ३० बिघा जमिन कटान गरिसकेको छ । बाँध नजिक खोलाको पानी पुगिसकेको छ ।

हरेक पटक २/३ वर्षको अन्तरालमा बाढीले सिरहा र धनुषातर्फ तटबन्ध भत्काउने गरेको छ । तटबन्ध भत्काउँदा बाढीले ठूलो क्षति पुर्‍याउँदै आएको छ ।

कमला नदीको धनुषा र सिरहा दुवैतिरको तटबन्धमा भारतले लगानी गरेको छ । स्रोतका अनुसार भारतको दबाबका कारण तटबन्ध मर्मत कार्य भइरहेको छैन ।

‘बाढी आउँदा भारतमा क्षति पुर्‍याउँछ’, एक इन्जिनियरले भने, ‘तर यता तर्फको तटबन्ध भत्कियो भने भारतमा कम क्षति हुन्छ । त्यसैले भारत पक्षले तटबन्ध बलियो गरी बनाउने इच्छा देखाएको छैन ।’ बाँध भत्किने जोखिम बढेपछि स्थानीय त्रसित भएका छन् । ज्यान जोगाउन स्थानीय रात भर जग्राम बस्ने गरेका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस