नाजीले निर्वासित गरेका वैज्ञानिक मार्क्स बोन सम्बन्धी केही जानकारी | Khabarhub Khabarhub

नाजीले निर्वासित गरेका वैज्ञानिक मार्क्स बोन सम्बन्धी केही जानकारी


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महान् वैज्ञानिक मार्क्स बोनले भौतिक विज्ञानमा क्वान्टम यान्त्रिकीय तरङ्ग प्रक्रियाको तथ्याङ्कशास्त्रीय अध्ययन र व्याख्यामा नवीनतम खोज गरे ।

क्वान्टम सिद्धान्तमा इलेक्ट्रोनलाई परमाणुको सूक्ष्म कण मानिन्थ्यो, उनले त्यो कणको वास्तविक स्वरुपलाई प्रकाशमा ल्याइदिए । यसै कार्यको निम्ति यिनलाई नोबेल पुरस्कार प्राप्त भयो ।

उनको खोजले पुरानो क्वान्टम यान्त्रिकीलाई प्रतिस्थापन मात्रै गरेन ‘बोनको अनुमान’ भन्ने सिद्धान्तको प्रतिपादन समेत भयो । पछि परमाणुको विषयमा अनुसन्धान गर्दै जाँदा ओपनहाइमरको परमाणुको सिद्धान्त समेत प्रतिपादन गरे ।

यी महान् भौतिकशास्त्रीको जन्म सन् १८८२ मा जर्मनीको ब्रेसलाड भन्ने ठाउँमा भएको थियो । यिनका बाबु शरीर विज्ञान र भ्रुणशास्त्रका प्रोफेसर थिए । शिक्षित बाबुआमाका छोरा हुनुको नाताले यिनले सानैदेखि राम्रो ठाउँमा लेखपढ गर्ने मौका पाए । सुरुमा ब्रेसलाउमै पढे ।

त्यसपछि गोटिन्गन, हाइडेलवर्ग र जुरीचमा उच्च शिक्षा हासिल गरे । केही समय उनले क्याम्ब्रीजमा पनि अध्ययन गर्ने मौका पाए । गोटिन्गनबाटै पिएचडी गरेपछि फ्रयाङ्कफर्ट विश्वविद्यालयमा प्रोफेसर बने । पछि गोटिनगन विश्वविद्यालयमा नै सैद्धान्तिक भौतिकशास्त्रका प्रमुख बने ।

उनी यहुदी जातिका थिए । जर्मनीमा हिटलरले यहुदी जातिमाथि कत्लेआम गर्न थालेपछि उनी भागे, बेलायत आएर क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापन गर्न थाले । उनी पछि एडिनवर्ग विश्वविद्यालयमा प्रोफेसर पनि भए । त्यहाँ प्राकृतिक दर्शनशास्त्र विभागको प्रमुन पनि भए ।

एडिनवर्ग विश्वविद्यालयबाट सेवननिवृत्त भएपछि यिनी पुनः गोटिन्गन फर्किए । उनी युद्धमा आणविक शक्तिको प्रयोग भएको कुरामा दुःखी थिए । विज्ञानका आविष्कारहरु मानवजातिको कल्याणमा भन्दा संहारमा प्रयोग भएकोमा ज्यादै क्षुब्ध थिए । नाभीकीय शक्तिलाई शान्ति र मानवताको सेवामा प्रयोग गर्नुपर्छ भन्ने कुरालाई जोडदार ढङ्गले उठाए ।

वैज्ञानिकहरुको प्रतिभा युद्धबाट पीडित मानवसमुदायलाई सुरक्षा र सेवा दिनमा प्रयोग गर्नुपर्छ भनेर अनेकौँ लेख रचना र पुस्तकहरु प्रकाशित गरे । उनले तीनसय भन्दा बढी शोधपत्रहरु लेखे । दर्जनौँ किताब लेखेर अठासी वर्षको उमेरमा सन् १९७० मा यो संसारबाट विदा लिए ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ५० बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली