सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने « Khabarhub

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ ।

बैठकले न्यूनतम साझा कार्यक्रम र  सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए ।

कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ । आज न्यूनतम कार्यक्रममा सहमति जुटे बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना हुन थालेको छ । हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले