अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी « Khabarhub

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ताको तयारी भएको छ ।

पार्टी विवाद मिलाउने प्रयासस्वरूप अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी भएको हो । तर समय र स्थान तय भइनसकेको नेता सुवास नेम्वाङले जनाएका छन् ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

पछिल्लो समय नेता नेम्वाङ, उपमहासचिव बिष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले दुबै नेताको भेटघाटको वातावरण बनाउन सक्रिय थिए ।

कार्यदलले बनाएको १० बुँदे सहमतिलाई हेरफेर आवश्यक भए त्यसलाई परिमार्जन गरेरै भए पनि पार्टी एक ढिक्का भएको सन्देश दिन ओली र नेपाललाई दोस्रो तहका नेताहरुको दबाब छ ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टी अघि बढाउँदा सहमतिमा नआएको भन्दै नेपालसँग संस्थापन पक्ष सकारात्मक छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी