धनुषामा पेस्तोल देखाएर लुटपाट « Khabarhub

धनुषामा पेस्तोल देखाएर लुटपाट


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा गएराति लुटपाट भएको छ । धनुषाधाम नगरपालिका ८ कुम्हरा टोलस्थित विजय यादवको घरमा लुटपाट भएको हो ।
४/५ जनाको संख्यामा आएको अज्ञात समुहले लुटपाट गरेको ढल्केवर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

उनका अनुसार लुटेरा समूहले विजय यादवकी छोरी कामनी यादवले लगाएको आधा तोलाको मंगल सुत्र, ज्वाइँ संजय यादवको घाटीबाट सोही परिणामको सुन लुटेको छ ।

यस्तै ४० तोला चाँदी र तीन थान मोबाइलसमेत लुटपाट गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार डाँका समूहले कुटपीट समेत गरेका छन् । परिवारका सदस्य लुटेराको आक्रमणबाट घाइते भएको छ ।

उनीहरूले पेस्तोल देखाएर लुटपाट गरेको पीडित परिवारको गुनासो छ । प्रहरीले भने चक्कु देखाएर लुटपाट गरेको पाइएको जनाएको छ । प्रहरी निरीक्षक सुवेदीले भने, ‘सामान्य कुटपीट भएको छ । पेस्तोल होइन, स्थानीयसँग बुझ्दा चाक्कु देखाएर लुटपाट गरेको बुझिएको छ ।’

लुटेरा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ११ : ३४ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले