थप १० हजार ५५६ जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

थप १० हजार ५५६ जना कोरोना संक्रमितको मृत्यु


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा एकैदिन १० हजार बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको हो ।

योसँगै विश्वमा कोरोना संक्रमण भएका ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ।

१९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

यसैबीच विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३० बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।