नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति « Khabarhub

नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित भारतीय सेनाको मुख्यालयमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । श्रेष्ठ नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशकसमेत हुन । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

श्रेष्ठ भारतीय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन ।

श्रेष्ठले भारतीय सेनाका विभिन्न तालिम केन्द्रहरूको भ्रमण गरेर त्यहाँका उच्च अधिकारीहरूसँग छलफलसमेत गरेका छन । उनले भारतको इन्दोरस्थित माउ, पुने, देहरादुन र सिम्लामा रहेको भारतीय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण गरेका छन् ।

भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरू तालिम गरिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ०६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र