नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति | Khabarhub Khabarhub

नेपाली सेनाका जर्नेलले भेटे भारतीय प्रधानसेनापति


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसँग भेटवार्ता गरेका छन् ।

नयाँदिल्लीस्थित भारतीय सेनाको मुख्यालयमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । श्रेष्ठ नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशकसमेत हुन । भेटमा द्वीपक्षीय हितका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

भेटमा भारतीय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

श्रेष्ठ भारतीय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन ।

श्रेष्ठले भारतीय सेनाका विभिन्न तालिम केन्द्रहरूको भ्रमण गरेर त्यहाँका उच्च अधिकारीहरूसँग छलफलसमेत गरेका छन । उनले भारतको इन्दोरस्थित माउ, पुने, देहरादुन र सिम्लामा रहेको भारतीय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरूको भ्रमण गरेका छन् ।

भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरू तालिम गरिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ०६ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा