सीमा नाकामै कोरोना विरुद्धको खोप « Khabarhub

सीमा नाकामै कोरोना विरुद्धको खोप


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

“एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उनले भने, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।”

सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन् ।

खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन । सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अबस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ले खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन् । रासस

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १२ : ५९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका