संवैधानिक इजलासबारे सर्वोच्चको अन्तरिम आदेशपछि बारले बोलायो सल्लाहाकार परिषद्को बैठक « Khabarhub

संवैधानिक इजलासबारे सर्वोच्चको अन्तरिम आदेशपछि बारले बोलायो सल्लाहाकार परिषद्को बैठक


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले सल्लाहाकार परिषद्को बैठक बोलाएको छ । एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबारका लागि सल्लाहाकार परिषद्को बैठक बोलाइएको जानकारी दिए । उनले न्यायाधीशको आचरण र न्यालयको भ्रष्टाचारबारे तयार पारिएको प्रतिवेदन कार्यान्वयन र समसायिक विषयमा छलफल हुने बताए ।

उनले खबरहबसँग भने, ‘सल्लाहाकारहरुलाई बैठकमा बोलाएपछि सबै विषयमा कुरा हुन्छ नै । सर्वोच्चको अन्तरिम आदेशबारे पनि छलफल हुन्छ ।’ उनले यो बैठकपछि बारले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेशपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालेआफ्नै नेतृत्वमा इजलास गठन गरेका थिए । तर, संवैधानिक परिषदको बैठकमा स्वयम प्रधानन्यायाधीश राणा पनि उपस्थित रहेकाले उनले ती विषयमाथिको रिटमा सुनुवाइ गर्न नमिल्ने प्रश्न रिट निवेदकले उठाएपछि उनले इजलास छाड्ने मौखिक आदेश गरेका थिए ।

तर, विहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एक्ल इजलासले प्रधानन्यायाधीश बाहेक संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश राणाको संवैधानिक इजलासबाट अलग हुने आदेश र विहीबारको अन्तरिम आदेशपछि संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथि कसरी सुनुवाइ कसरी अगाडि बढ्छ भन्ने अन्योल देखिएको छ । यही विषयमा आफ्नो धारणा बनाउन बारले सल्लाहाकार परिषद्को बैठक बोलाएको हो ।

संवैधानिक परिषद्ले गरेका निर्णय विरुद्ध रिट दायर गरेका अधिवक्ता ओमप्रकाश अर्यालले विहीबार सर्वोच्चले दिएको अन्तरिम आदेशमाथि प्रश्न उठाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सर्वोच्च अदालत विरुद्ध कुनै न्यायाधीशले आदेश गर्न मिल्छ ? सर्वोच्च अदालत भन्दा कुनै न्यायाधीश माथि हो ? साधिकार संवैधानिक इजलासका न्यायाधीशले छलफल गरेर टुङ्गो लगाएको विषय अर्को कुनै न्यायाधीशले रोक्न वा खारेज गर्न मिल्छ ? न्यायिक अनुशासनका उपाय खोज्नु जरूरी छ ।’

यस्तै बारको सल्लाहाकार परिषदमा छलफल हुने अर्को महत्वपूर्ण एजेण्डा न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिले तयार पारी सार्वजनिक गरिएको न्यायालयको बेतिथि र भ्रष्टाचार सम्बन्धी प्रतिवेदन हो । सो प्रतिवेदन सार्वजनिक भइसकेपछि कार्यान्वयन गर्ने सन्दर्भमा बारले आफ्नो आधिकारिक धारणा बनाउन बैठक बोलाएको हो ।

सो प्रतिवेदनमा न्यायाधीश नियुक्ति प्रक्रियादेखि नै भ्रष्टाचार हुने गरेको औंल्याइएको छ । कानुन व्यवसायीले बिचौलियाको कामगरेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : १९ बजे

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।