मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने « Khabarhub

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको मार्मा गाउँपालिकामा थप मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विटुलेभन्दा माथिल्लो क्षेत्रमा निर्माण हुने सो आयोजना २८ दशमलव ३० मेगावाटको हुने जनाइएको छ ।

दार्चुला पावर प्रालीले सो जलविद्युत् आयोजना अघि बढाउन लागेको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनको काम सुरुआत भएको कम्पनीले जनाएको छ ।

अध्ययनका क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायसुझाव माग गरेको छ । यसका असरबारे सम्बन्धित सरोकारवालालाई एक साताभित्र आइपुग्ने गरी रायसुझाव पठाउन अपिल गरिएको छ ।

मार्मा २, ३, ४, ५ र ६ भएर बग्ने चमेलिया नदीको पानी प्रयोग गरी लामबगरमा बाँध निर्माण गरिने कम्पनीले जनाएको छ । बाँधमा जम्मा भएको पानी करिब सात हजार ८० मिटर लामो हेडरेस पाइपमार्फत सतही विद्युत्गृहमा खसाली विद्युत् उत्पादन हुनेगरी डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न रु छ अर्ब १८ करोड ९४ लाख ४४ हजार लागत अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक सरदर ११८ दशमलव ५२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।

यही खोलामा अहिले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन छ । आयोजनाको ४० प्रतिशत बढी काम पूरा भएको छ । भने शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचमा ३० मेगावट चमेलिया जलविद्युत् निर्माण भएको छ ।

अहिले निर्माणाधीन चमेलिया जलविद्युत्को ड्याम अपिहिमाल गाउँपालिका– ५ को ओखल नजिकै निर्माण गरेर मार्मा– २ घट्टेगाडमा पावर हाउस निर्माण गरिएको छ । विद्युत् निर्माणपछि यो क्षेत्रमा विकासको ढोका खुला हुने विश्वास गरिएको छ ।

अहिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमै १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ । भने अपिहिमालको वडा नं १ मा ६० मेगावाटको विद्युत् उत्पादन गर्नेगरी सम्भाव्यता अध्ययनको काम भइरहेको छ । रासस

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : २८ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।