पर्वत पहिरोः चार जिल्लाको सम्पर्क विच्छेद, हेलिकोप्टरबाट बिरामीको उद्धार « Khabarhub

पर्वत पहिरोः चार जिल्लाको सम्पर्क विच्छेद, हेलिकोप्टरबाट बिरामीको उद्धार


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका चार जिल्लाको सम्पर्क विच्छेद भएको छ । शुक्रबार बिहान पर्वतको कुश्मा नगरपालिकाका विभिन्न सात ठाउँमा पहिरो जाँदा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङको सडक, बिजुली र सञ्चार सेवा विच्छेद भएको हो ।

बाटो अवरुद्ध भएपछि धौलागिरी अस्पताल बागलुङबाट गम्भीर बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी पोखरा लगिएको छ ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा दुईजनाको पहिरोले मृत्यु भएको छ । तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सोही ठाउँमा गोठ पुरिएर एक महिलाको मृत्यु भएको छ ।

यस्तै, कुश्मा नगरपालिका–८ पकुवामा दुईको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : २७ बजे

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको