बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले बारा पर्सौनी–१ का २२ वर्षीय सुरज रामलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सीबी साइन मोटरसाइकल चोरी भएको थियो ।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत इकाइहरूले जिल्ला बाहिर जाने सबै नाका सिल गरी चेकजाँच गर्दा चोरी भएको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताए ।

मोटरसाइकल सहित पक्राउ रामलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ५७ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द