पार्टी विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाललाई नेता नेम्वाङको चूनौती « Khabarhub

पार्टी विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाललाई नेता नेम्वाङको चूनौती


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चूनौती समेत दिए ।

माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको उनले बताए ।

उनले एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले सर्वसम्मतिले कार्यदलको सहमतिपत्रका आधारमा एकता गर्नुपर्छ भन्दा विधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाए ।

उनले अध्यादेशका बारेमा विभिन्न चर्चा हुने गरेको भन्दै ओलीको सरकारले अध्यादेश ल्याउँदा चार दिनसम्म कुनै पार्टी नफुटेको जिकिर गरे । नेम्वाङले सरकार विस्तार हुने वितिकै गठबन्धन दलहरु नै फुटको संघारमा पुग्न सक्ने भएकाले सरकार विस्तार हुन नसकेको धारणा राखे ।

नेम्वाङले अब पार्टीलाई थप एकतावद्ध र मजबुद ढंगले अघि बढाउनुपर्ने पनि बताए । भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिएता पनि विवाद हुने देखिएपछि उनी सहभागी भएनन् । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहिलाई जानकारी नै नदिइ भेला राखेपछि विवाद भएको छ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ३० बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण