पार्टी विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाललाई नेता नेम्वाङको चूनौती « Khabarhub

पार्टी विभाजनको औचित्य पुष्टि गर्न माधव नेपाललाई नेता नेम्वाङको चूनौती


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चूनौती समेत दिए ।

माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको उनले बताए ।

उनले एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले सर्वसम्मतिले कार्यदलको सहमतिपत्रका आधारमा एकता गर्नुपर्छ भन्दा विधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाए ।

उनले अध्यादेशका बारेमा विभिन्न चर्चा हुने गरेको भन्दै ओलीको सरकारले अध्यादेश ल्याउँदा चार दिनसम्म कुनै पार्टी नफुटेको जिकिर गरे । नेम्वाङले सरकार विस्तार हुने वितिकै गठबन्धन दलहरु नै फुटको संघारमा पुग्न सक्ने भएकाले सरकार विस्तार हुन नसकेको धारणा राखे ।

नेम्वाङले अब पार्टीलाई थप एकतावद्ध र मजबुद ढंगले अघि बढाउनुपर्ने पनि बताए । भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिएता पनि विवाद हुने देखिएपछि उनी सहभागी भएनन् । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहिलाई जानकारी नै नदिइ भेला राखेपछि विवाद भएको छ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : ३० बजे

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. २३ जोरगणेश ओम बहाल टोलको