वामदेव गौतमले एमालेबाट दिए राजीनामा « Khabarhub

वामदेव गौतमले एमालेबाट दिए राजीनामा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको खबरहबलाई जानकारी दिए ।

गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् ।

तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।

गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान्छन् कि छुट्टै पार्टी बनाउँछन् भन्ने यकिन छैन ।

यस्तो र राजीनामा पत्र 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र