वामदेव गौतमले एमालेबाट दिए राजीनामा « Khabarhub

वामदेव गौतमले एमालेबाट दिए राजीनामा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको खबरहबलाई जानकारी दिए ।

गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् ।

तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।

गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान्छन् कि छुट्टै पार्टी बनाउँछन् भन्ने यकिन छैन ।

यस्तो र राजीनामा पत्र 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३१ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण