पछिल्लो २४ घण्टामा विश्वभर साढे ३ लाख कोरोना संक्रमित थपिए, ५ हजार ६८२ को मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा विश्वभर साढे ३ लाख कोरोना संक्रमित थपिए, ५ हजार ६८२ को मृत्यु


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ७१३ जना कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ४६ हजार ४८२, बेलायतमा ३० हजार ३०१, टर्कीमा २७ हजार ९७३, रुसमा २५ हजार २१९, भारतमा २३ हजार १६१ र ब्राजिलमा १३ हजार ४६६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या विश्वभर २३ करोड ५३ लाख ९४ हजार ५२६ पुगेको छ ।

तीमध्ये अहिलेसम्म २१ करोड २२ लाख ३ हजार ९३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक लाख एक हजार ४६५ जना कोरोनामुक्त भएका छन् ।

यसैगरी बेलायतमा २१ हजार भारतमा २५ हजार टर्कीमा २२ हजार रुसमा १७ हजार र ब्राजिलमा ३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा ५ हजार ६८२ जना संक्रमतिको मृत्यु भएको छ । मृत्युहुनेमा सबैभन्दा धेरै रुसका ८६६ जना छन् । त्यस्तै अमेरिकामा ६९०, ब्राजिलमा ४५७, भारतमा २४१, टर्कीमा २०३ र बेलायतमा १२१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४८ लाख १० हजार ८४८ पुगेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ४५ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ