कांग्रेस अधिवेशन : टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित « Khabarhub

कांग्रेस अधिवेशन : टोखामा बिमली, नागार्जुनमा गौतम निर्वाचित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन् ।

कांग्रेस टोखा नगरपालिकाको आज सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका छन् । टोखामा ११ वडा रहेका छन् ।

यस्तै, काँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी  भएका छन् ।  मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे । यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ । नागार्जुन नगरपालिकामा १० वडा रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ०१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी