ट्रम्पद्वारा ट्वीटर खाता पुनर्स्थापित गर्न माग | Khabarhub Khabarhub

ट्रम्पद्वारा ट्वीटर खाता पुनर्स्थापित गर्न माग


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गरेका छन्।

ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो।

ट्रम्पका वकिलले शुक्रबार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गरेका छन्। प्रस्ताव दर्ता गर्दै उनीहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लङ्घन गरेको बताएका छन्।

यद्यपि ट्विटरले ट्रम्पको फाइलिंगमा शनिबार टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट काँग्रेसलाई रोक्नका लागि उनकाअनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएकोथियो।ट्विटरका माध्यमबाट ट्रम्पले थपहिंसा भड्काउने आँकलन गर्दै कम्पनीले उनको खातामा प्रतिबन्ध लगाएको जनाएकोछ।प्रतिबन्ध अघि ट्रम्पको ट्विटरमा करीब ९ करोड ८० लाख फलोअर्स थिए।

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थपहिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको यूट्यूबबाट समेत निलम्बन गरिएकोथियो। फेसबुकको प्रतिबन्ध २०२३ जनबरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ।

जुलाईमा ट्रम्पले फ्लोरिडाको दक्षिणी जिल्लाका तीनवटा टेककम्पनीहरू र त्यसका सीईओबिरुद्ध आफू र आफ्ना समर्थकलाई गलत तरिकाले निषेध गरिएको दाबी गर्दै अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ४५ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र