‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सरबाट निधन भएको हो ।

घनश्यामको निधनको पुष्टि शोका निर्माता असित मोदीले गरेका छन् । ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति दिऊन । नटु काका हामी तपाईंलाई भुल्न सक्दैनौं,’ असितले सामाजिक सञ्जालमा लेखेका छन् ।

घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि घनश्यामको घाँटीमा केही गाँठा देखिएका थिए । जसका कारण उनको उपचार सुरु भएको थियो । गत वर्ष उनको घाँटीको अपरेसन गरेर ८ गाँठा निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।

घनश्याम टेलिभिजनमा मात्र होइन, कैयौं फिल्ममा पनि काम गरेका थिए । सन् १९६० मा अशोक कुमारको फिल्म ‘मासूम’बाट बाल कलाकारका रुपमा अभिनय यात्रा थालेका उनले ‘बेटा’, ‘तिरंगा’, ‘आंखें’, ‘लाडला’, ‘क्रान्तिवीर’, ‘आन्दोलन’, ‘बरसात’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : १० बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ