‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’का ‘नट्टु काका’को निधन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सरबाट निधन भएको हो ।

घनश्यामको निधनको पुष्टि शोका निर्माता असित मोदीले गरेका छन् । ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति दिऊन । नटु काका हामी तपाईंलाई भुल्न सक्दैनौं,’ असितले सामाजिक सञ्जालमा लेखेका छन् ।

घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि घनश्यामको घाँटीमा केही गाँठा देखिएका थिए । जसका कारण उनको उपचार सुरु भएको थियो । गत वर्ष उनको घाँटीको अपरेसन गरेर ८ गाँठा निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।

घनश्याम टेलिभिजनमा मात्र होइन, कैयौं फिल्ममा पनि काम गरेका थिए । सन् १९६० मा अशोक कुमारको फिल्म ‘मासूम’बाट बाल कलाकारका रुपमा अभिनय यात्रा थालेका उनले ‘बेटा’, ‘तिरंगा’, ‘आंखें’, ‘लाडला’, ‘क्रान्तिवीर’, ‘आन्दोलन’, ‘बरसात’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : १० बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका