फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य १ करोड ९९ लाख « Khabarhub

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य १ करोड ९९ लाख


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिनर विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको घोषणा गरेको छ।

यसको शुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको छ। पहिलो पटक २००३ माबजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो।

फोर्ड एभरेष्टमा १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट रहेको र त्यसले सजिलै गति लिन मद्दत गर्नुका साथै चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउने जनाइएको छ ।

यसमा ७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स एसवाएमसी ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल, फोर्ड माइकी लगायतको फचर रहेको फोर्डले जनाएको छ ।

ठूलो गाडी भएपनि एभरेष्ट चलाउन एकदमै सजिलो र आरामदायी हुने फोर्डले छ। जसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने दाबी गरिएको छ ।

यसबाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउने बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ३४ बजे

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ