अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा « Khabarhub

अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए ।

ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे ।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १-१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए ।

समूह–२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

समूह–१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ४९ बजे

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी