दराजको एक दिवसीय भव्य सेल कात्तिक २५ मा « Khabarhub

दराजको एक दिवसीय भव्य सेल कात्तिक २५ मा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल सञ्चालन गर्ने जनाएको छ ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेलमा ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट हुनेछ । यसमा ११ जनाले टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर पाउनेछन् । अन्य धेरै अफरका पनि रहनेछन् ।

सेल दराज एपमा कात्तिक २५ (नोभेम्बर ११) मा सुरु भई २४ घण्टामा समापन हुनेछ । दराज प्रयोगकर्ताहरूलाई भव्य सेलमा भव्य मनोरन्जन लिन र धेरै उपहारहरू जित्ने पाउने छन् ।

चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरूका साथ दराजले कात्तिक २४ (नोभेम्बर १०) मा दराज एप ग्रान्ड ११–११ गाला लाइभ प्रसारण गर्ने पनि जनाइएको छ ।

पत्रकार सम्मेलनमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले अहिलेसम्मकै सबैभन्दा ठूलो ११–११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।

११–११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्च पनि हुनेछ । अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले जानकारी गराए ।

सामसुङ, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिनेछन् । भारतका ४ वटा ब्रान्ड विरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले भारतबाटै डिलिभर गर्नेछन् ।

टीभीएस, कोका कोला र सन्सिल्क ११–११ का विशेष साझेदारहरू रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : १७ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा