दराजको एक दिवसीय भव्य सेल कात्तिक २५ मा « Khabarhub

दराजको एक दिवसीय भव्य सेल कात्तिक २५ मा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अलिबाबा समूहको दराज अनलाइन सपिङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल सञ्चालन गर्ने जनाएको छ ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेलमा ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट हुनेछ । यसमा ११ जनाले टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर पाउनेछन् । अन्य धेरै अफरका पनि रहनेछन् ।

सेल दराज एपमा कात्तिक २५ (नोभेम्बर ११) मा सुरु भई २४ घण्टामा समापन हुनेछ । दराज प्रयोगकर्ताहरूलाई भव्य सेलमा भव्य मनोरन्जन लिन र धेरै उपहारहरू जित्ने पाउने छन् ।

चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरूका साथ दराजले कात्तिक २४ (नोभेम्बर १०) मा दराज एप ग्रान्ड ११–११ गाला लाइभ प्रसारण गर्ने पनि जनाइएको छ ।

पत्रकार सम्मेलनमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले अहिलेसम्मकै सबैभन्दा ठूलो ११–११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।

११–११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्च पनि हुनेछ । अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले जानकारी गराए ।

सामसुङ, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिनेछन् । भारतका ४ वटा ब्रान्ड विरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले भारतबाटै डिलिभर गर्नेछन् ।

टीभीएस, कोका कोला र सन्सिल्क ११–११ का विशेष साझेदारहरू रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर