बेलायतमा प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ « Khabarhub

बेलायतमा प्रधानमन्त्री देउवासँगको भेटपछि मोदीले भने–नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार छ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए ।

विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाई मार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे ।

जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए । भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबद्र्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : २२ बजे

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु