युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित « Khabarhub

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेकाे छ । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्री र लिरोए सानेले १-१ गोल गरे ।

बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १-१ गोल गरे ।

घरेलु मैदानमा खेलको २६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३२ मिनेटमा जिनाब्रीले २–० को अग्रता बनाए । ३८ मिनेटमा फिलिपले गोल गर्दै बेन्फिकालाई २–१ को अवस्थामा ल्याए ।

यसपछि सानेले ४९ मिनेटमा ३–१ को अग्रता बनाए । लेवान्डोस्कीले खेलको ६१ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।

डार्विनले गोल गर्दा बेन्फिकाले अग्रता ४–२ मा झारेकाे छ । खेलको ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–२ को सानदार जित दिलाए ।

राति नै भएको समूह ‘ई’ को चौथो राउण्डमा अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेकाे छ ।

युवा फरवार्ड अन्शुले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो ।

समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।

बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा ड्यनामो केईभ १ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३९ बजे

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक