कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ | Khabarhub Khabarhub

कौडा खालबाट वडा सदस्यसहित २९ जना पक्राउ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा जनप्रतिनिधिसहित २९ जना कौडा खालबाट पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी लालिममा विलबहादुर गुरुङको घरमा कौडा खेलिरहेकालाई प्रहरीले मंगलबार राति पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा शुक्लागण्डकी-८ विलबहादुर गुरुङ, घरधनी विलबहादुर गुरुङ, भानुभक्त पराजुली, नारायणसिंह थापा, चुडामणि पौडेल, रमेश भट्टराई, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ र मणिरत्न पौडेल रहेका छन् ।

शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित ज्वारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार पनि पक्राउ परेका छन् ।

शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द विक, शुक्लागण्डकी–११ का कृता भट्टराई पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले छापा मार्दा कौडा खेल्दै गरेको अवस्थामा नगद नौ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित २९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले जानकारी दिए । उनका अनुसार ३२ वटा कौडा समेत बरामद गरिएको छ । ठुलो धनराशीको जुवा खाल बसेको सुचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : २३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला