भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: मन्त्री श्रेष्ठ « Khabarhub

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: मन्त्री श्रेष्ठ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन् ।

महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन ।

किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, `ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो ।´

फास्ट ट्र्याकबाट काम भइरहेको जिकिर गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन् । उनले राष्ट्र र जनताका पक्षमा जसले राम्रो काम गरेको भए पनि सधैं धन्यवादको पात्र बन्ने र केही बाधा, अडचन र चुनौती भए त्यसलाई समाधान गर्नेतर्फ उन्मुख भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको