पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन् : राज्यका तीनवटै अंगबाट सन्तोष गर्ने ठाउँ छैन « Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन् : राज्यका तीनवटै अंगबाट सन्तोष गर्ने ठाउँ छैन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विवेकको फैसला जनताले गर्ने बताएका छन् । मानिसको विवेकलाई सत्य र इमान्दारिताका रूपमा परिभाषित गर्दै श्रेष्ठले यसमा अडिग रहे कहीँ पनि चुक्ने अवस्था नआउने बताए ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको ‘कल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छे’ भन्ने टिप्पणीको जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने बताए ।

‘मेरो विवेकमा प्रश्न आएको छ । विवेकमा प्रश्न गर्ने कोही कोही निस्केको छ । म विवेकमा दाबी गर्दिनँ । म विवेकशील मान्छे हुँ भनेर धेरै ठूलो दाबी गर्दिनँ’, बुधबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले भने, ‘मैले जिन्दगीमा गरेका निर्णयहरूमा कति विवेक पुग्यो होला, पुगेन होला, त्यो जनताको माझमा छ, जनताले नै निर्णय गर्न सक्छ ।’

विवेकको विषय धेरै ठूलो दाबी गर्ने विषय आफूलाई नलाग्ने उनको भनाइ छ । ‘विवेकको सवालमा सकेसम्म विवेकशील अभ्यास गर्ने हो । विवेकको दाबी गरेर स्वामित्व ग्रहण गर्ने विषय होइन । विवेकमा शंकराचार्य चुडामणिको कुरा गर्नुपर्छ । विवेकमा चाहिने सत्यको सार्वभौमिकता हो । सत्यको सार्वभौमिकतालाई मनन गर्दै निर्णय गर्न सक्नुभयो भने तपाई चुक्नुपर्ने कुनै ठाउँ हुँदैन’, उनले भने ।

विवेक सत्य र सार्वभौम भएकाले विवेकको अनुशीलन र प्रयोग गर्ने भनेको सत्यको अनुशीलन गर्ने भएकोझ उल्लेख गरे । त्यसमा कति इमान्दार ढंगले काम गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको धारणा छ ।

कार्यक्रममा पूर्वप्रधानन्यायधीश श्रेष्ठले राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको बताए । ‘आज कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कतै पनि सन्तोष गर्ने ठाउँ छैन । तीनै तहका सरकारमा हेर्‍यो भने समस्या ग्रस्त देखिन्छ । संविधान त राम्रै बनाएको भनेको हो । राम्रो बनाएको संविधानको राम्रो भोग हुनुपर्‍यो नि । राम्रो कानुन, राम्रो नतिजा हुनुपरयो नि,’ उनले भने ।

राम्रो देखाउन संविधान नलेखेको भन्दै उनले राम्रो भोग देखाउन लेखेको बताए । ‘कार्यान्वयन गर्न लेखेको हो । खै गरेको ? दलहरुले जवाफदेहिता देखाउनुपर्दैन ? उनले प्रश्न गरे । दलहरुले आफ्नो अहमियत बढाउन जनतालाई दास बनाएको भन्दै उनले आलोचना गरेका थिए । प्रजातन्त्रमा दलभन्दा जनता महत्वपूर्ण भन्दै अहिले जनताभन्दा दल नै प्रजातन्त्र मानिन थालेकोमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : २३ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६