दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो « Khabarhub

दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

बुधबार सुपर–१२ को समूह २ मा रहेको न्युजिल्यान्ड जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ईश सोढीले २ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।

यो समूहबाट लगातार ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । अफगानिस्तान दुई जितसँगै अंक तालिकाको दोस्रो स्थानमा छ । अफगानिस्तान र भारतबीच अहिले खेल भइरहेको छ । यो समूहमा भारत र स्कटल्यान्ड जितविहीन छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ५१ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित