चीनसँग सीमा जोडिएको क्षेत्रमा भारतले गर्‍यो क्रुज मिसाइल तैनाथ « Khabarhub

चीनसँग सीमा जोडिएको क्षेत्रमा भारतले गर्‍यो क्रुज मिसाइल तैनाथ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइल तैनाथ गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार भारतले अरुणाचल प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइलका साथै होवित्जर तोप पनि तैनाथ गरेको छ ।

हालै चीनले नयाँ सीमा कानून ल्याएपछि भारतले सीमा क्षेत्रमा हतियार तैनाथ गरेको सार्वजनिक भएको हो । यो क्षेत्रमा अमेरिकामा बनेको चिनुक हेलिकोप्टर र इजराइलमा बनेका ड्रोनहरु पनि तैनाथ रहेको बताइएको छ ।

गत वर्ष भारतीय र चिनियाँ सेनबीच झडप भएपछि सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको भारतीय अधिकारीहरुले बताएका छन् ।

गत वर्षको झडपपछि १२ चरणसम्म दुई सेनाका प्रतिनिधिबीच वार्ता भएको छ । तर, वार्तामा कुनै प्रगति भएको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ०९ बजे

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने