वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय आजदेखि बन्द « Khabarhub

वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय आजदेखि बन्द


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको दिल्लीमा आजदेखि सवै विद्यालयहरु बन्द भएका छन् ।

शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिएका हुन्।

‘अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री रायले भने।

उनकाअनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।

‘वायु प्रदुषण न्युनिकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरु कुनै उपाय नै छैन, त्यसैले वायु प्रदुषण न्युन गर्ने उपायहरु अपनाउनु परेको हो,’ मन्त्री रायले भने।

दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग विग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ४९ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले