हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा « Khabarhub

हलेसीमा कोभिडपछिको ठूलो मेला, आज सार्वजनिक बिदा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ ।

कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

बालाचतुर्दर्शीको अवसरमा हलेसीमा बिहीबार नै ठूलो मेला सुरू भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियो । मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालु आर्थिक वर्षको १५ वैसाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि-धार्मिकस्थल मान्ने गरिएको छ ।

मेलाका लागि सार्वजनिक बिदा

बालाचतुर्दशी मेलाको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १ : १५ बजे

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष