अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्यो « Khabarhub

अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्यो


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुरुआती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छिमेकी थ्री स्टारसँग अंक बाँड्न बाध्य भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरे प्रतिद्वन्द्वीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा अग्रता भने फ्रेन्ड्सले बनायो ।

५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्सभित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए ।

मिक्छेन तामाङले थ्री स्टारका लागि बराबरी गोल फर्काए । खेलको ८२ मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे ।

यसअघि ५० मिनेटमा थ्री स्टारले अग्रता लिने सुनौलो अवसर गुमायो । संजोक राईको पासलाई बक्सभित्र रहेका रितिककुमार खड्काले फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवसँगको वान भर्सेष वानको स्थितिमा गोल गर्न सकेनन् ।

सोही रिबाउन्ड बललाई अगाडि बढाउँदै फ्रेन्ड्सले गोल गरेको थियो ।

७५औं मिनेटमा थ्री स्टारका संजोक राईले बराबरी गर्ने अवसर गुमाए । संजोगले बक्सको बाहिरबाट गरेको लामो प्रहार गोलकिपर बिट भएको अवस्थामा दोस्रो बारमा लागेर फर्कियो ।

८५ मिनेटमा समेत संजोक गोलबाट टाढा रहे । संजोकको प्रहार डिफेन्डर रोनिल एन्थोनी पौलले गोल लाइनबाट हेड गर्दै बचाएका थिए ।

प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २–१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ ।

थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३-० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए ।

आजै पौने ५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ३२ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर