हलेसीमा कोभिडपछिको ठूलो मेला आज « Khabarhub

हलेसीमा कोभिडपछिको ठूलो मेला आज


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ ।

कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला लागेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

बालाचतुर्दर्शीको अवसरमा हलेसीमा बिहीबारदेखि नै ठूलो मेला सुरू भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा शतबिज छर्नका लागि दर्शनार्थीको बाक्लो भिड लागेको थियो ।

मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हलेसीमा बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । कोभिडका कारण ८ चैत २०७७ देखि १६ मंसिर २०७७ तथा चालु आर्थिक वर्षको १५ वैसाखदेखि २७ भदौसम्म हलेसी बन्द गरिएको थियो ।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि-धार्मिकस्थल मान्ने गरिएको छ ।

मेलाका लागि सार्वजनिक बिदा

बालाचतुर्दशी मेलाको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा पर्ने हलेसीमा लाग्ने मेलालाई लक्षित गर्दै नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलाई थप बृहत बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

यस्तै, बालाचतुर्दशी मेलाकै अवसरमा रावाबेँसी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको जुडी महादेवस्थान मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ४२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको