इलामका नौ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न « Khabarhub

इलामका नौ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए ।

सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ । हाल सम्मेलन भएका धेरै ठाउँमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो भने केही पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

माइजोगमाई गाउँपालिकामा कुविरमान राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा झुलेन्द्र पौडेल र भविन खत्री र प्रेम तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष भने मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको हो । यस्तै सचिवमा देवीभक्त सिवाकोटी, सहसचिवमा विपिन भट्टराई र कोषाध्यक्षमा देवीमाया राई चयन भएका छन् ।

चुलाचुली गाउँपालिकामा पृथ्वीराज राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । त्यसको उपाध्यक्षमा धनदेवी पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनुवार रहेका छन् । सचिवमा भगीरथ भट्टराई, सहसचिवमा नारायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ चयन भएका छन् ।

यता माई नगरपालिकामा भने धनकुमार लिम्बुको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको छ । माई नगर कमिटीको उपाध्यक्षहरूमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । नगर समितिको सचिवमा चक्र कटुवाल, सहसचिवमा समीर राई र कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन् ।

इलाम नगरपालिकामा प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटी बनाइएको छ । त्यसको उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई ९दिपेन० र विक्रमजित राई चयन भएका छन् । सचिवमा तारानिधि घिमिरे, सहसचिवमा नवीन फागो र कोषाध्यक्षमा विविमाया लिङदम चुनिएका छन् ।

देउमाई नगर समितिको अध्यक्षमा भने शान्ता बस्नेत चयन भएकी छिन् । त्यस्तै उपाध्यक्षमा अशोक प्रधान, तारा सुवेदी र टिकाराम बराइली निर्वाचित भएका छन् । नगर सचिवमा तुलसी लिम्बु, सहसचिवमा प्रेम कुमार राई र कोषाध्यक्षमा शारदा राई चयन भएका छन् ।

सूर्योदय नगरकमिटीको अध्यक्षमामा भने संदिप तामाङ चयन भएका छन् । ५५ सदस्यीय कमिटीको उपाध्यक्षमा देवीप्रसाद उप्रेती र घनश्याम पौडेल र सोनीका राई, सचिवमा मेहेरराज आचार्य, सहसचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन् ।

फाकफोकथुम गाउँपालिकामा केवी वान्तवाको अध्यक्षतामा ४५ सदस्यीय पालिका समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण घतानि, केदारनाथ खनाल र अरुण दर्लामी छन् । सचिवमा प्रकाश राई, सहसचिवमा हेमकर्ण निरौला र कोषाध्यक्षमा विष्णुमाया थापा चुनिएका छन् ।

माङसेबुङ गाउँपालिकामा जनम खम्बुको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ । प्रथम गाउँपालिका सम्मेलनबाट उपाध्यक्षमा नरबहादुर लिम्बु, पृथ्वीमान जवेगू र देवीकुमार लिम्बु चयन भएका छन् । त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा मिना कुमारी मगर चुनिएका छन् ।

माओवादी केन्द्रले रोङ गाउँपालिकाको अध्यक्षमा देउकुमार राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा भक्त खवास, सरस्वती विक र चन्द्रप्रकाश कुवर निर्वाचित भएका छन् । समितिको सचिवमा इन्द्रबहादुर राई, सहसचिवमा राम राई र कोषाध्यक्षमा इच्छाराम राई चुनिएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : १३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु