के हो उच्च रक्तचाप ? कसरी घटाउने उपयोगी उपायसहित « Khabarhub

के हो उच्च रक्तचाप ? कसरी घटाउने उपयोगी उपायसहित


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा सञ्चालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्दछ, यसलाई नै रक्तचाप भनिन्छ ।

यदि यो चाप बढी भयो भने यसलाई उच्च रक्तचाप (हाइ ब्लड प्रेसर) र कम भयो भने न्युन रक्तचाप (लो ब्लड प्रेसर) भनिन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनपर्छ ।

उच्च रक्तचाप भन्नाले माथिको १४० वा सो भन्दा बढी र तलको ९० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ ।

कसरी कम गर्ने उच्च रक्तचाप ?
उच्च रक्तचाप कम गर्न मुख्यतः तीन विषयमा ध्यान दिनु पर्ने हुन्छ । जीवनशैली, खानपान र मानसिक व्यवस्थापन ।

क. जीवनशैली
१. रक्तचाप कम गर्न सुत्ने र उठ्ने समय सहि हुन आवश्यक छ ।
२. यस अलावा नियमित व्यायाम गर्ने, प्राणयाम गर्नु पर्दछ ।
३. व्यायामले शरीरमा रक्त प्रवाह राम्रो बनाउँछ साथै मानसिक शान्ति समेत मिल्दछ ।
४. लामो समय एकै स्थानमा नबस्ने बीचबीचमा उठेर केहिबेर हिड्ने ।
५. बिहान उठेपछि नियमित ४५ मिनेटसम्म छिटो छिटो पैदल हिड्ने ।

ख. मानसिक व्यवस्थापन
१. उच्च रक्तचाप कम गर्न मानसिकत व्यावस्थापन महत्वपुर्ण हुन्छ ।
२. मानसिक व्यावस्थापनमा आफूलाई सकेसम्म कम तनावमा राख्नु पर्दछ ।
३. एकै पटक धेरै कामको बोझ नलिने साथै मनलाई फ्रेस बनाएर राख्ने ।
४. कुनै पनि बिषयको गहिरो चिन्ता, महत्वकांक्षा र असन्तोष नलिने ।
५. आफ्नो रिसलाई काबुमा राख्ने साथैसंयमतालाई गुम्न नदिने ।

ग. खानपान
१. खानामा नुनको कम प्रयोग घटाउने, प्रसस्त पानीको सेवन गर्ने ।
२. चिल्लो, तारेको, भुटेको वा प्याकेट बन्द खानेकुरा नखाने ।
३. मैदाजन्य, मदिरा, धुमपान लगायतका खानाबाट टाढा रहने ।
४. सकेसम्म उच्च फाइबरयुक्त खानेकुरा तथा फलफूलको सेवन बढाउने ।
५. रातो मासु नखाने बरु माछा, अन्डाको सेतो भाग, सिस्नु, ग्रीन टिको सेवन गर्ने ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ४५ बजे

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर