विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर « Khabarhub

विश्वमा एकैदिन ७ हजार संक्रमितको मृत्यु, १ लाख ६ हजारको स्वास्थ्य गम्भीर


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ ।

सोमबार बिहानको तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।

६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ७ : २० बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको