४०३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५२८९ « Khabarhub

४०३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५२८९


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।

काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए 

गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

थप ५९४ जनामा संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

यस्तो छ मन्त्रालयको विस्तृत विवरण

 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ४ : ५७ बजे

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब

काठमाडौं– नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको

विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले

इरानी हमलाको आशंकामा लुकाइए इजरायलका पूर्वसुरक्षा प्रमुख

यूएई- यूएई पुगेका एकजना पूर्वइजरायली सुरक्षा प्रमुखलाई इरानी आक्रमणको आशंकामा

बेल्जियमसँग बराबरीपछि इरानी टोलीले ड्रेसिङ रुममा छाड्यो भावनात्मक सन्देश !

तेहरान- इरानको राष्ट्रिय फुटबल टोलीले आइतबार बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि

काठमाडौंमा सडकपेटी आश्रित दृष्टिविहीनको प्रदर्शन

काठमाडौं– सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।