किसानको खुशीका लागि कृषि बजार व्यवस्थापन हुँनैपर्छ: मन्त्री अर्याल « Khabarhub

किसानको खुशीका लागि कृषि बजार व्यवस्थापन हुँनैपर्छ: मन्त्री अर्याल


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन् ।

मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको उनले बताइन् । ‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिँदैन । कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौ भनेको छ’ मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन । दुध उत्पादन गर्यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भिीर कुरा हो । मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन ।’

बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडी बढ्न नसकिने बताइन् । उनले भनिन्, ‘आजको आवश्यकताहरु पूर्ति गर्नेगरी जानुपर्यो । आजका समस्या के हुन् ? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाउ ।’

आफ्नो कार्यकालमा केही नयाँ गर्नेगरी जान कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले हिजोको नेतृत्वले जे गर्यो त्यसको निरन्तरता मात्र आजको आवश्यकता नभएको बताइन् । मेरो पालामा केही नयाँ चिज दिन्छु भन्ने हिसाबले अगाडी बढ्न समेत उनले आग्रह नयाँ सिस्टम बसाल्छु भन्ने ढंगले अगाडी बढ्न निर्देशन दिइन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : ५३ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका