किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित « Khabarhub

किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- किर्गिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ ।

किर्गिस्तानको संसद्ले उलुक्बेक मरिपोभलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे ।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ ।

त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो ।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए ।

जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उनी किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ४५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र