आमहड्तालका क्रममा जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो « Khabarhub

आमहड्तालका क्रममा जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो । अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

‘उहाँको मुटुको चाल ठीक छैन। सास लिन समेत कठिनाइ भइरहेको छ। यहाँ मुटु विशेषज्ञ डाक्टर नरहेकाले काठमाडौं रिफर गरिएको छ,’ प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए।

काठमाडौँ ल्याइएका सबै घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरधामको शिवचोकमा भएको झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाई फायर गर्नुका साथै केही शेल अश्रुंग्यास प्रहार गरेको नेकपाका नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ३२ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण