सत्ता लम्ब्याउन ओलीले चुनावको नाटक गरेको नेता भट्टराईको आरोप | Khabarhub Khabarhub

सत्ता लम्ब्याउन ओलीले चुनावको नाटक गरेको नेता भट्टराईको आरोप


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरेको आरोप लगाएका छन ।

संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन ।

प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए ।

उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’

प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर ओलीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि आरोप लगाए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ०५ बजे

कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई

भिरमहको उत्पादन घट्यो

म्याग्दी- म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको

रोमाञ्चक बन्दै विश्वकप छनोट

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकप

भयलाई चेतनामा बदल्दै : सर्प उद्धारक रमेश

उर्लाबारी– साँझपख मोरङको उर्लाबारीमा एक घरको भान्साकोठाबाट हल्ला मच्चियो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा