‘नक्कली म्यासेज’ बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाले पोखे आक्रोश « Khabarhub

‘नक्कली म्यासेज’ बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाले पोखे आक्रोश


२२ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा  ‘फेक म्यासेज’ बनाएर प्रचण्ड-नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् ।

सूर्य थापाको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको भनेर भ्रम फैलाइएकोप्रति उनले आक्रोश पोखेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेराे फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई साेसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्ताे अपराधिक गिराेह कुत्सित सक्रियतामा संलग्न रहेकाेमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।’

उनले भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने  बताएका छन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका केही ‘स्क्रिन सट’ राख्दै उनले  यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न  सम्बद्ध सबैमा अनुरोध पनि गरेका छन ।

उनले फेसबुकमा यस्तो लेखेका छन

माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु –
माझण्ड गुटका अपराधिक…

Posted by Surya Thapa on Thursday, 4 February 2021

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  १० : २२ बजे

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)