निर्माण उपकरणमा आगजनीको निन्दा « Khabarhub

निर्माण उपकरणमा आगजनीको निन्दा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने, उपकरणमा आगजनी गर्नेजस्ता हिंसात्मक घटना नरोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

लमजुङमा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडकखण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ ।

राइनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासंघले पटकपटक प्रधानमन्त्रीसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासचिव दाहालले बताए ।

तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्तिमार्फत पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ४६ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी