गौतम बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजा श्रेणिक बुद्ध कहाँ पुग्दा बुद्धका वरिपरी भिक्षुहरु बसिरहेका देखे । उनीहरुको अनुहार आनन्दले मग्न थियो ।

उनको दृष्टि एकातिर बसेका राजकुमारतिर गयो, जो उदास अनुहार लिएर बसेका थिए ।

श्रेणिकको मन दुविधामा पर्‍यो । कति कठोर दिनचर्या थियो भिक्षुहरुको ? तर पनि उनीहरुको अनुहार आनन्दले दिप्त थियो । अर्कोतिर राजकुमार सबै सुविधा प्राप्त भएर पनि हैरान । यस्तो किन ?

राजाले भगवान् बुद्धसँग यसको उत्तर सोधे ।

बुद्धले भने— ‘राजन, मेरा भिक्षुहरुको स्वभाव नै अर्कै बनिसकेको छ । जस्तै समस्या आए पनि उनीहरुको मानसिक शान्ति भङ्ग हुने छैन । उनीहरु जुनसुकै अवस्थामा पनि खुशी रहन सक्छन् । भविष्यको चिन्ता नगर्नु यसको कारण हो । उनीहरू वर्तमानमा बाँच्छन् । आज जेजस्तो छ, त्यस्तै देख्छन् । उनीहरुको प्रसन्नताको राज यही हो ।’

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : १० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा