आलोचनाको ‘तारो’ बन्दै रिमेक गीत | Khabarhub Khabarhub

आलोचनाको ‘तारो’ बन्दै रिमेक गीत


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा फिल्म र गीत रिमेकको लहर बाक्लै छ । यो विषयमा बलिउड विभाजित छ । कोही रिमेक हुनुपर्छ भन्छन् त कोही रिमेकविरुद्ध छन् । गीत रिमेक गरेपछि जोकोही निर्माताहरु नयाँ भर्सनलाई दर्शकले मनपराउन भन्ने चाहन्छन् । तर वास्तविकता त्यो भन्दा फरक देखिएको छ ।

आजतकमा प्रकाशित समाचार अनुसार दर्शकहरुको चासो रिमेक भन्दा पनि ओरिजिनल भर्सनतिर नै बढी छ । हालैमात्र अभिनेत्री जाह्नवी कपूरको फिल्म ‘रुही’को नयाँ गीत ‘नदियो पार’ रिलिज भयो ।

यो गीतमा जाह्नवीले आफ्नो ग्ल्यामर र सुन्दरतालाई उत्कृष्ट रुपमा प्रस्तुत गरे पनि यो पुरानो सुपरहिट गीतको नै सहारा किन लिनुपर्यो भन्ने बहस सुरु भएको छ । गायिका सोना मोहपात्राले पनि यही प्रश्न गरेकी छिन् । उनले गीत रिमेक गर्दा गायकगायिकासँगै संगीतकारको पनि इज्जत नरहने भन्दै आक्रोश पोखेकी छन् ।

त्यसो त यसअघि नै कैयौं गीतको रिमेक गरिएको थियो । चाहे त्यो फिल्म ‘पति पत्नी और वो’मा ‘अखियो से गोली मारे’ होस् या ‘सिम्बा’को ‘आँख मारे’ । अभिनेता वरुण धवनले रिमेकको मामलामा इतिहास नै बनाएका छन् । त्यहीकारण उनी गोविन्दा र सलमान खानको हरेक सुपरहिट फिल्मको रिमेक गर्न चाहन्छन् ।

बलिउडमा एकसमय फिल्मको रिमेकको ट्रेण्ड नै थियो । जुन अहिले पनि कायमै छ । तर अब यो ट्रेण्डमा गीत पनि जोडिएको छ । हरेक महंगा बजेटको फिल्ममा एउटा गीत रिमेककै रुपमा राख्ने चलन बढ्दो छ ।

वरुण धवन, अक्षय कुमार र सलमान खानलगायतका फिल्ममा कुनै न कुनै गीत रिमेक भर्सनकै छन् । रोचक कुरा के छ भने यी रिमेक गीतमा दर्शकको चासो खासै देखिएको छैन । बरु दर्शकले यी गीतलार्य ट्रोल बनाउन प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जालमा गीतको खिल्लीमात्र उडाइदैन, गायिकादेखि लेखकसम्मको योग्यतामा प्रश्न उठाउने गरिएको छ । तर यो ट्रोलिङका बाबजुद निर्माताहरु रिमेकलाई नै प्राथमिकता दिइरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १२ : ३० बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको