आलोचनाको ‘तारो’ बन्दै रिमेक गीत « Khabarhub

आलोचनाको ‘तारो’ बन्दै रिमेक गीत


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा फिल्म र गीत रिमेकको लहर बाक्लै छ । यो विषयमा बलिउड विभाजित छ । कोही रिमेक हुनुपर्छ भन्छन् त कोही रिमेकविरुद्ध छन् । गीत रिमेक गरेपछि जोकोही निर्माताहरु नयाँ भर्सनलाई दर्शकले मनपराउन भन्ने चाहन्छन् । तर वास्तविकता त्यो भन्दा फरक देखिएको छ ।

आजतकमा प्रकाशित समाचार अनुसार दर्शकहरुको चासो रिमेक भन्दा पनि ओरिजिनल भर्सनतिर नै बढी छ । हालैमात्र अभिनेत्री जाह्नवी कपूरको फिल्म ‘रुही’को नयाँ गीत ‘नदियो पार’ रिलिज भयो ।

यो गीतमा जाह्नवीले आफ्नो ग्ल्यामर र सुन्दरतालाई उत्कृष्ट रुपमा प्रस्तुत गरे पनि यो पुरानो सुपरहिट गीतको नै सहारा किन लिनुपर्यो भन्ने बहस सुरु भएको छ । गायिका सोना मोहपात्राले पनि यही प्रश्न गरेकी छिन् । उनले गीत रिमेक गर्दा गायकगायिकासँगै संगीतकारको पनि इज्जत नरहने भन्दै आक्रोश पोखेकी छन् ।

त्यसो त यसअघि नै कैयौं गीतको रिमेक गरिएको थियो । चाहे त्यो फिल्म ‘पति पत्नी और वो’मा ‘अखियो से गोली मारे’ होस् या ‘सिम्बा’को ‘आँख मारे’ । अभिनेता वरुण धवनले रिमेकको मामलामा इतिहास नै बनाएका छन् । त्यहीकारण उनी गोविन्दा र सलमान खानको हरेक सुपरहिट फिल्मको रिमेक गर्न चाहन्छन् ।

बलिउडमा एकसमय फिल्मको रिमेकको ट्रेण्ड नै थियो । जुन अहिले पनि कायमै छ । तर अब यो ट्रेण्डमा गीत पनि जोडिएको छ । हरेक महंगा बजेटको फिल्ममा एउटा गीत रिमेककै रुपमा राख्ने चलन बढ्दो छ ।

वरुण धवन, अक्षय कुमार र सलमान खानलगायतका फिल्ममा कुनै न कुनै गीत रिमेक भर्सनकै छन् । रोचक कुरा के छ भने यी रिमेक गीतमा दर्शकको चासो खासै देखिएको छैन । बरु दर्शकले यी गीतलार्य ट्रोल बनाउन प्रयोग गरिरहेका छन् ।

सामाजिक सञ्जालमा गीतको खिल्लीमात्र उडाइदैन, गायिकादेखि लेखकसम्मको योग्यतामा प्रश्न उठाउने गरिएको छ । तर यो ट्रोलिङका बाबजुद निर्माताहरु रिमेकलाई नै प्राथमिकता दिइरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १२ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,