त्रिविले परीक्षाको निगरानी गर्न सीसी क्यामेरा राख्ने « Khabarhub

त्रिविले परीक्षाको निगरानी गर्न सीसी क्यामेरा राख्ने


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने भएको छ ।

वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो ।

सोही निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ ।

सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयले माग गरेको छ ।

नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १ : २५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६