स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट १ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट १ जना पक्राउ


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ ।

नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाडौँ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएको अवस्थामा रकम बरामद भएको हो ।

कार्टुन भित्र हरियो रङको छड्के तिलहरिको पोते ९ थान र नेपाली बिनिमय हजार दरको १००० (हजार दर) को ३९०० (उन्नाचालीस) थान र नेपाली ५०० (पाँच सयदरको) ८०० (आठ सय) थान गरी त्रिचालिस लाख रूपैयाँ फेला परेको हो ।

प्रहरीले सोधपुछ गर्दा उक्त रकम तथा सामान जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–५ सन्दिप कौशलको रहेको खुलेको थियो । प्रहरीले बरामद रकम र पक्राउ परेका कौशलका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १० : ३० बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको