माधव नेपालको प्रश्न– हामी केपी ओलीले फालेर फालिने मान्छे हौँ ? « Khabarhub

माधव नेपालको प्रश्न– हामी केपी ओलीले फालेर फालिने मान्छे हौँ ?

सबै कमिटीमा आफ्नै बहुमत रहेको दाबी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी ओलीले फालेर नफालिने नेता रहेको दाबी गरेका छन् ।

 काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै नेता नेपालले ओ‌लीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गरे ।

नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेता नेपालले आफ्नो मूल पार्टी नेकपा एमाले नै रहेको बताए ।

उनले भने, ‘कानुनले नदिए विकल्प खोजौँला। विचार मिल्छ। मूल पार्टी यही हो । केपी ओलीले पार्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’

उनले एमालेका आफूभन्दा तलका सबै नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि बताए।

प्रधानमन्त्रीसमेत रहेका ओलीलाई प्रश्न गर्दै नेता नेपालले भने, ‘केपी ओलीले फालेर फालिने मान्छे हौँ ? केपी ओलीले ल्याएर आएका हौँ ? कसैले प्रधानमन्त्रीको फूर्ती लगाउँछ भने त्यसको कुनै काम छैन।’

नेता नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन्।

उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’

उनले आफैँ लागेर पार्टीलाई यहाँसम्म ल्याएको दाबी गरे । उनले भने, ‘पार्टीलाई हामीले यहाँसम्म ल्याएका हौँ। कसैले प्रधानमन्त्रीको फुर्ती लगाउन भने, नवौँ महाधिवेशनमा जालझेल गरेर जितेको फुर्ति लगाउन भने त्यसको अर्थ छैन। संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ ।’

नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे । उनले पार्टी विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने पनि बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ५२ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा